Yagyodaya Dudhnath Tharu Multiple Campus
Suddhodhan- 3, Farsatikar, Ramawapur, Rupandehi
9857026833
प्रस्तुत सम्बन्धमा मिति २०८२/०५/२३ र २४ गतेका दिन काठमाडौं लगायत देशै भरी Gen Z समुह द्वारा आयोजित आन्दोलनका कारण असहज स्थिति सृजना भइ सम्पूर्ण शैक्षिक क्षेत्र प्रभावित हुनपुगेको सर्वबिदित नै छ। उत्पन्न परिस्थितिका कारण देश भरीकै उच्च शैक्षिक प्रतिष्ठान (क्याम्पस) हरुमा पठनपाठन लगायत सम्पूर्ण क्रियाकलापहरूमा बाधा पुगेको प्रति हामी पनि गम्भीर र संवेदनशील छौ। साथै समग्र देशको शिक्षा प्रणालीलाई अबिरल, व्यवस्थित र गुणस्तरीय ढङ्गले अगाडि बढाउनुपर्ने हामी सबै सरोकारवाला निकायको साझा जिम्मेवारी हो भन्नेमा हामी पनि दृढ़ छौ। उक्त विषम परिस्थितिका कारण केहि दिन देखि स्थगित रहेका यस क्याम्पसका शैक्षिक एवम् प्रशासनिक क्रियाकलापहरू यही मिति २०८२/०५/२९ गते आइतवार देखि नियमित रूपमा सञ्चालन हुने व्यहोरा सम्पूर्ण विद्यार्थी, प्राध्यापक, कर्मचारी लगायत सम्पूर्ण सरोकारवाला निकायहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। नोट: क्याम्पस द्वारा पुर्वसुचित आन्तरिक परीक्षाहरू यथावत रुपमा संचालन हुने व्यहोरा समेत यसै सूचना द्वारा सूचित गरिन्छ।