Yogyaday Dudhnath Tharu Multiple College
Suddhodhan- 3, Ramawapur, Rupandehi
071-400193
२१ औं शताब्दीको शिक्षमा अनुसन्धान कार्यको आश्यकता एवं अपरिहार्यतालाइ मध्येनजर गर्दै सामुदायिक क्याम्पसमा प्राधापनरतर प्राध्यापकहरुको क्षमता अभिवृद्धि गर्ने उद्येश्यले यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस शुद्धोदन-३, रुपन्देहीको आयोजना तथा विश्व विद्यालय अनुदान आयोगको सहयोगमा ३ दिने Research Methodology Training तालिम सम्पन्न भएको छ । तालिम मिति २०७५।१।१८ गते देखि २०७५।१।२० गते सम्म सञ्चालन भएको थियो । तालिममा त्रिभुवन विश्व विद्यालय व्यवस्थापन संकायका सहायक डिन डा.दिनेश मणि घिमिरे, त्रिभुवन विश्व विद्यालय शिक्षा शास्त्र संकाय अंग्रेजी विषयका प्रोफेसर डा वाल मुकुन्द भन्डारी र नेपाल संस्कृत विश्व विद्यालयका प्राध्यापक डा. विष्णु प्रसाद पोखरेल ज्यूको प्रमुख प्रशिक्षण भएको थियो भने शहिद नारयण पोखरेल रामापुर क्याम्पसका प्राध्यापक श्री दिनेश पन्थी र यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसका प्राध्यापक श्री दिपक काफ्ले ज्यूको सहायक प्रशिक्षण भएको थियो । तालिममा गुल्मी, अर्घाखाँची, कपिलबस्तु जिल्ला लगाएकतका १८ वटा सामुदायिक क्याम्पसका ३० जना प्राध्यापकहरुको सहभागीता रहेको थियो । कार्यक्रको समापन सत्रको अध्क्षता क्याम्पस प्रमुख श्री टंक प्रसाद पौडेल र प्रमुख अतिथि क्याम्पस सञ्चालक समिति अध्यक्ष श्री मणी प्रसाद खनाल रहनु भएको थियो । सो अवशरमा क्याम्पस प्रमुखले प्राध्यापकहरुलाई अनुसन्धान कार्यमा लाग्न अभिप्रेरीत गर्दै आगामाी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुले निरन्तारता पाउनेमा जोड दिनुभएको थियो ।